कम्पनीले गत बैशाख ३१ देखि असार ३ गतेसम्म हकप्रद शेयर बिक्री गरेको थियो ।
कम्पनीले संस्थापक समूहतर्फको ३ हजार २८९ र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको लिलामी शेयरको न्युनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा तोकिएको छ । लिलामी शेयरमा साउन १६ देखि २३ गतेसम्म आवेदन दिन पाइने कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।