कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ ।
दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ६ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।
असार मसान्त सम्म माइक्रोफाइनान्सले ४५ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७२ करोड ६९ लाख रुपैयाँ सापट लिएको संस्थाले एक अर्ब २३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
असार मसान्त सम्म माइक्रोफाइनान्सले ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो बर्षको भन्दा ३९.६६ प्रतिशतले बढी हो ।
निष्कृय कर्जा ०.६५ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा रहेको छ । कम्पनीकोे मुल्य आम्दानी अनुपात ३५.४४ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।