मेरो माईक्रोफाइनान्सले सच्यायो वित्तीय विवरण, के आयो फरक ?

Jul 25, 2018 Merolagani

गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनमा लापरबाही गरेको मेरो माईक्रोफाइनान्स (MERO) ले वित्तीय विवरण सच्याएको छ । कम्पनीले त्रुटिपूर्ण वित्तीय विवरण प्रकाशित गर्दा कम्पनीका शेयरधनीहरु सही सूचना पाउनबाट बञ्चित भएका थिए ।

कम्पनीले बुधबार विभिन्न पत्र पत्रिकामा प्रकाशित गरेको वित्तीय विवरणमा ५३ करोड १९ लाख ब्याज आम्दानी गरेर २६ करोड १४ लाख ब्याज खर्च देखाएको थियो । जसमा खुद ब्याज आम्दानी २१ करोड ७४ लाख उल्लेख गरिएको थियो।

मार्इक्रोफाइनान्सले अन्य सञ्चालन आम्दानी शिर्षकमा १२ करोड २ लाख देखाएको थियो । 

 

वित्तीय विवरणमा उल्लेखित अङ्क कम्पनीको ब्याज आम्दानी र खर्चको हिसाब किताब नमिल्दा वित्तीय विवरणका अन्य सूचाङ्कहरुको बारेमा अन्योलता सिर्जना गराएको थियो ।

कम्पनीले मेरो लगानीलाई पछिल्लो पटक उपलब्ध गराएको वित्तीय विवरण अनुसार उसले यसअवधिमा ५० करोड २ लाख ब्याज आम्दानी गरेर २६ करोड १४ लाख ब्याज खर्च गरेको छ । यसबाट कम्पनीले २३ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको जनाएको छ ।

कम्पनीका अनुसार त्रुटिपूर्ण  वित्तीय विवरणमा ब्याज आम्दानी ५० करोड २ लाख हुनुपर्नेमा ५३ करोड १९ लाख उल्लेख गरिएको थियो । जसमा ब्याज आम्दानी नै ३ करोड १७ लाख बढी देखाएको थियो ।

त्रुटिपूर्ण वित्तीय विवरणमा अन्य सञ्चालन आम्दानी शिर्षकमा १२ करोड २ लाख देखाएको कम्पनीले संशोधीत वित्तीय विवरणमा यस्तो आम्दानी ९ करोड ८८ लाख मात्र देखाएको छ । यो त्रुटि गरिएको वित्तीय विवरण भन्दा २ करोड १३ लाख कम हो । जसले गर्दा कम्पनीको नाफा त्रुटिपूर्ण र सच्याईएको वित्तीय विवरणमा समान बन्न पुगेको हो । 

 

कम्पनीका अनुसार अन्य सूचाङ्कहरु भने यथावत रहेका छन् । उसले कम्पनीको खुद नाफा ९ करोड ४७ लाख र प्रतिसेयर आम्दानी ३३ रुपैयाँँ १२ पैसा रहने बताएको छ ।

माइक्रोफाइनान्सले वित्तीय विवरण छपाईको क्रममा केही त्रुटी हुन गई नियामक निकाय, लगानीकर्ता एवं सरोकारवाला सबैमा पर्न गएको दुविधाप्रति क्षमा मागेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।