बोर्डले हाल रहेको मर्चेन्ट बैंकरको संख्या नै प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालन गर्न प्रयाप्त रहेको र संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने भन्दै अर्को व्यवस्था नभएसम्मको लागि निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको अनुमतिपत्रको लागि नयाँ आवेदन दर्ता स्थगन गरिएको बोर्डले जनाएको हो ।
धितोपत्र व्यवसायी नियमावली, २०६४ अनुसार हालसम्म २५ वटा संस्थाले मर्चेन्ट बैंकरको अनुमति पाएको र सात कम्पनी निवेदन प्रकृयामा रहेको बोर्डले जनाएको छ । प्रकृयामा रहेको कम्पनीमध्ये सम्पूर्ण मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्न ५, संस्थागत परामर्श बाहेक ४ वटा मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने १ कम्पनी तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न १ कम्पनीले प्रस्ताव गरेको बोर्डले जनाएको छ ।
धितोपत्र बजारको विकास सँगै मर्चेन्ट बैंकरको संख्या बढ्दै गईरहेको भन्दै तत्कालका लागि नयाँ निवेदन लिने काम बन्द भएको बोर्डले जानकारी दिएको छ । हाल २५ मर्चेन्ट बैंकरले धितोपत्र व्यवसाय गरिरहेका छन् ।
बोर्डले प्रोत्साहनमूलक कार्यक्रम अन्तर्गत केही उत्पादनशील कम्पनीहरु सार्वजनिक निष्काशन गर्ने क्रममा रहेपनि बैंक तथा बीमा कम्पनीको इजाजत बन्द रहेको जनाएको छ । आश्वा प्रणालीले आईपिओ आवेदन र प्रशोधनमा सहज हुन गई निष्काशन तथा विक्री प्रबन्धकको भूमिका न्यूनिकरण भएको अवस्थामा दर्ता बन्द गरिएको बोर्डले भनार्इ छ ।