आर्इपिओ बाँडफाँड गर्नासाथ नाडेप लघुवित्तलाई हकप्रदको हतारो

Jul 26, 2018 Merolagani

केही साता अघि मात्र सर्व साधारणलाई आर्इपिओ बाडँफाँड गरेको नाडेप लघुवित्त(NADEP) ले हकप्रदको प्रस्ताव राखेर तेस्रो साधारण सभा बोलाएको छ । लघुवित्तले आर्इपिओ बिक्रीपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ ।

३० प्रतिशत आईपिओ जारी गरेर नाडेपले चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँबाट बढाएर १६ करोड कायम गरेको छ ।

लघुवित्तले भदौ १ गते तेस्रो बार्षिक साधारणसभा राखेको छ ।

 

साधारण सभाको विशेष प्रस्तावमा चुक्ता पूँजी १६ करोडको एक बराबर एक अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । त्यस्तै अधिकृत पूँजी ६४ करोड, जारी पूँजी र चुक्ता पूँजी ३२ करोड पुर्याउने प्रस्ताव पनि कम्पनीले राखेको छ ।

कम्पनीले केही समय अघि ४ लाख ३२ हजार कित्ता आइपिओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीको आइपिओ ४३ हजार २०० आवेदकले गेलाप्रथाबाट दश कित्ताका दरले हात पारेको थिए ।

कम्पनीको आर्इपिओ  नेप्सेमा सूचीकृत भइसकेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।