पोखरा फाइनान्सको नाफा सामान्य वृद्धि, जगेडा कोषमा भने उल्लेख्य सुधार

Jul 26, 2018 Merolagani

पोखरा फाइनान्स(PFL) को खुद नाफामा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासमा ८ करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को चौथौ त्रैमाससम्म ९ करोड १३ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

एफपिओ, हकप्रद र बोनसबाट ४६ प्रतिशतले चुक्ता पूँजी बढाएको फाइनान्सको नाफा ४ प्रतिशतले मात्र बढेको छ । जसका कारण अघिल्लो आर्थिक बर्षमा कायम भएको १५ रुपैयाँ ७५ पैसाको इपिएस ११ रुपैयाँ १९ पैसामा झरेको छ । 

मेरोलगानीको डेटा एनालिटिक्स सफ्टवेयरले पोखरा फाइनान्सले यसअघिका त्रैमासमा गरेको नाफाको आधारमा गत आर्थिक बर्षमा ९ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा प्रतिसेयर आम्दानी कायम गर्ने प्रक्षेपण गरेको थियो । जुन मेल खाएको छ ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाखबाट ८१ करोड ६४ लाख ५० हजार पुगेको छ । फाइनान्सले जगेडा कोष ६६ प्रतिशतले बढाएर ३५ करोड ७५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

एक बर्ष अवधिमा फाइनान्सले ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर ४ अर्ब १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सले निक्षेप १९ र कर्जा लगानी २० प्रतिशतले बढाएको हो ।

ब्याज आम्दानीको अनुपातमा खर्च बढेपछि समीक्षा अवधिमा फाइनान्सको खुद व्याज आम्दानी एक करोड ८५ लाखले गिरावट आएर १६ करोड ९९ लाख आम्दानी भएको छ ।

खराब कर्जा अनुपातलाई १.१२ प्रतिशतमा कायम गरेको फाइनान्सको प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ ७९ पैसा रहेको छ । निक्षेप लागत ९.२१ प्रतिशतमा बढेको फाइनान्सको आधार ब्याजदर १२.५६ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।