ब्याज आम्दानीको सुधारले महालक्ष्मीको खुद नाफा २६.३१ प्रतिशतले बढ्यो

Jul 26, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले आर्थिक बर्ष २०७४/७५ को चौथौ त्रैमासमा खुद नाफा २६.३१ प्रतिशतले बढाएर ५६ करोड ११ लाख रुपैयाँ कमाएको छ । बैंकले उलेख्य बढेकाे ब्याज खर्च, कर्मचारी तथा अन्य सञ्चालन खर्च वृद्धिको बाबजुत बैंकले सो नाफा आर्जन गरेको हो ।अघिल्लो बर्ष बैंकले ४४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

मेरोलगानीको डेटा एनालिटिक्स सफ्टवेयरले बैंकले यसअघिका त्रैमासमा गरेको नाफाको आधारमा गत आर्थिक बर्षमा ५९ करोड रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको थियो । सफ्टवेयरले गरेको प्रक्षेपणभन्दा बैंकको नाफा ३ करोड रूपैयाँ कम हो ।

खुद नाफा सुधारिएसँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसाबाट २१ रुपैयाँ ३१ पैसा कायम गरेको छ ।

यति र महालक्ष्मी विकास मर्ज भएर बनेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी कायम गरिसकेका कारण पूँजी स्थिर रहँदा प्रतिसेयर आम्दानी बढाउन सकेको हो ।

दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एक अर्ब ४३ करोड दुई लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ ।

बैंकले असार मसान्त सम्ममा २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर २१ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

असार मसान्तमा तीन अर्ब १९ करोड ६४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ब्याज खर्च दुई अर्ब १२ करोड १० लाख रुपैयाँ ब्याज खर्च गरेको छ । उल्लेख्य बढेको बयाजखर्चको बाबजुत बैंकले खुद नाफामा ३७.८९ प्रतिशत सुधार गरेर एक अर्ब ७ करोड ५३ लाख रुपैयाँ पुर्याएको हो ।

अघिल्लो बर्षको तुलनामा गत असार मसान्तसम्म बैंकको कर्मचारी खर्च १४८ र अन्य सञ्चालन खर्च ७६.५४ प्रतिशतले बढेको छ ।

बैंकमा भाका नाघेको कर्जाको अनुपात ३.८८ प्रतिशत रहेको छ । निष्कृय कर्जामा सुधार गर्न नसक्दा बैंकको अघिल्लाे बर्षको तुलनामा  निष्कृय कर्जाकाे अनुपात ०.२५ प्रतिशतले बढेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।