मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालयबीच भयाे यस्ताे सम्झौता

Jul 26, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने उल्लेख छ ।

विश्वविद्यालयमा विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्या लाई व्यवस्थापन गर्न सहयोग पुग्ने बताइएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथको तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्व विद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेकोे हस्ताक्षर गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।