आईएमई जनरलको बीमा शुल्क ४४ प्रतिशतले बढ्यो, एक अर्ब ९२ करोड आर्जन

Jul 26, 2018 Merolagani

आईएमई जनरल इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ मा एक अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेको छ । बीमा कम्पनीले अार्जन गरेकाे उक्त बीमा शुल्क अघिल्लो आ.व.को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी ८० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजीलाई ५ प्रतिशत बोनस शेयर वितरण कायम गर्ने जनाएको छ । बोनसपछि इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ६ रुपैयाँ पुग्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले कम्पनीले आ.ब. २०७५।०७६ मा स्वास्थ्य बीमामा विशेष जोड दिइने नीति कम्पनीले लिएको बताए ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने उनको भनाई छ ।

कम्पनीले ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिएको उनले जानकारी दिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।