अनलार्इन प्रणालीबाट किन हुन सकिरहेको छैन सेयर कारोबार ?

Jul 26, 2018 Merolagani

मध्य असारमा लगानीकर्ताहरु साउनमै अनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच गर्ने व्यग्र पर्खाइमा थिए । तर मध्य साउन लाग्नै लाग्दा पनि यूजर एसेप्टेन्स टेष्टिङ्ग (यूएटी) सुरु नभएकाले लगानीकर्ताको रहर अझै पुरा हुन सकेको छैन । प्राविधिक विषय भएकाले सोचे अनुसार नतिजा नदेखिँदा अनलार्इन सुस्त बनेको हो ।

बिहीबारसम्ममा अनलाइन कारोबार प्रणालीको परीक्षणका लागि झण्डै ३ हजार लगानीकर्ताले मात्र युजर तथा पासवर्ड लिएका छन् ।

मोक कारोबार मात्र गराउने भनिए पनि अनलार्इन प्रणालीमा लग इन गरे पछि कुनै विकल्पमा पुग्न सक्ने अवस्था अझै बनेको छैन ।

प्रणालीलाई पूर्णता दिने काम पुरा भईसके पनि युएटीको काम सुरु नभएकाले थप विकल्पहरु लग इनमा इन्टिग्रेट नगरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जसले गर्दा अनलार्इन प्रणाली लग इन गर्दा कुनै विशेषताहरु देख्न सकिन्न ।

यो अवस्थामा रहेको अनलाईन ट्रेडिङ्ग प्रणलीमा समस्या देखिएको महसुस लगानीकर्ताले गरेका छन् । यही कारण नेप्सेले अनलाइनको युजर तथा पासवर्ड लिन लगानीकर्तालाई आग्रह गरे पनि प्रयोगकर्ताको संख्या न्युन बनेको हो । 

युजर नेम र पासवर्ड लिएकाले पनि एक त मोक कारोबार मात्र गर्नुपर्ने र अर्कातिर यूएटीका कारण फिचरहरु नदेखिँदा लगानीकर्ताले अनलार्इन प्रणालीमा जाँगर नदेखाएका हुन् । तर साउन १ गते देखि परिक्षणको रुपमा सञ्चालन गरिएको अनलाईन ट्रेडिङ्गमा समस्या देखिएकाले युजर तथा पासवर्ड नलिएको लगानीकर्ताहरुको भनाई छ ।

सेयर दलाल व्यवसायी पनि नेप्सेको अनलार्इन कारोबार प्रणालीप्रति आशावादी बन्न सकेका छैनन् ।

जसका कारण सेयर किनबेच गर्न दलालकोमा पुग्नेहरु पनि उत्साहित बन्न नसकेका हुन् । एक जना दलाल व्यवसायी मेरोलगानीसँग भन्छन्, 'लगानीकर्ताको उत्साह अनुसार प्रणालीको विकास भैनसकेकाले प्रयोगकर्ताको संख्या औंलामा गन्न सकिने अवस्थामा छ ।'

परीक्षण कारोबारका लागि अनलाइनको युजर तथा पासवर्ड लिएका उनी खोक्रो प्रणाली चलाउ भनेर युजर तथा पासवर्ड बितरण गरिएका कारण उत्साह घटेको बताउँछन् ।

 

अनलार्इन प्रणाली पुर्ण रुपमा तयार नभएकाले लगानीकर्तालाई यसमा आबद्ध हुन दलाल व्यवसायीले प्रेरित गरिरहेका छैनन् । सही समय आएपछि मात्र यो उत्साह बढ्ने उनीहरुको बुझाई छ । लगानीकर्ताहरु पनि अनलार्इन प्रयोग गर्दा डिकोड माग्ने, इमेल नआउने, पासवर्ड नपाउने, लगइन नहुने म्यासेज आउने जस्ता समस्याबाट झण्झटिलो बनेका छन् ।

नाम नबताउने शर्तमा अर्का सेयर दलाल व्यवसायी भन्छन्, 'यदि सिस्टमले राम्रोसँग काम गर्ने हो भने दुई दिनमा ५ सय जना लगानीकर्तालाई युजर नेम र पासवर्ड वितरण गर्न सकिन्छ । तर नेप्सेको सिस्टम अपग्रेड भएको छैन, त्यसलाई अपग्रेड गर्नु पर्दछ । सिस्टम खुल्यो भने प्रोसेस सहज हुँदा लगानीकर्ताले धमाधम आईडि र पासवर्ड लिन थाल्छन् । बजार दिनदिनै ओरालो लाग्दै गर्दा लगानीकर्ताहरु अनलाईनको युजर नेम  र पासवर्ड लिन उत्साहित नबनेको उनीहरुको अनुभव छ ।

उता युजर र पासवर्डको लागी आवेदन दिए पनि अहिलेसम्म नपाएको गुनासो लगानीकर्ता लक्ष्मण गिरीले मेरोलगानीसँग गरे ।

चुरो कुरो यस्तो

नेप्सेले युएटी परीक्षणका लागि भारतीय कम्पनी छनौट गरे पनि प्रमुख कार्यकारी पदको विवादले यूएटी परीक्षण सुरु

हुन सकेको थिएन ।

अहिले चन्द्रसिंह साउद नेप्से फर्किएपछि त्यो प्रकृया अघि बढेको र अबको २ साता भित्रमा अनलार्इन प्रणालीमा कारोबार अर्डरको फिचर सुरु हुने बुझिएको छ ।

नेप्सेका अनुसार अहिले लगानीकर्तालाई अनलार्इनको लग इन र पासवर्ड वितरण भैरहेको छ । यूएटी गर्ने क्रममा गरिएको कानूनी व्यवस्थाले अहिले सबै फिचर उपलब्ध गराउन नसकिएको नेप्सेको भनाई छ ।

दुर्इ साता भित्रमा युजर पासवर्ड लिएका सबै लगानीकर्ताले आफ्नो एकाउण्टबाट सेयरको परीक्षण कारोबार गर्न सक्ने नेप्सेले दाबी गरेको छ ।

यस आधारमा अहिले नै अनलार्इनबाट सेयर किनबेच गर्न सकिन्छ भन्नेभन्दा पनि युजर तथा पासवर्ड लिएर अनलाइन कारोबार प्रणालीका तयारी अवस्थामा बस्नु उपयुक्त हुने देखिन्छ । अहिलेको प्रणाली पनि सँगै चल्ने भएकाले अनलार्इनमा के के नयाँ फिचर थपियो भन्ने हेर्दै गर्दा प्रयोगमा सहजता हुन सक्छ ।

र यो पनि

नेप्सेले सुरु गरेको अनलार्इन प्रणालीमा सेयर दलाल व्यवसायीका तर्फबाट २ कम्पनीले क्लाउडमा आधारित प्रणाली जडान गर्ने तयारी अघि बढाएका छन् ।

नेप्सेले मागेको मापदण्ड अनुसारको तयारी उनीहरुले पनि गरेका छैनन् । किनकी उनीहरुले अनलार्इन पुर्ण रुपमा व्यवहारमा आउने समयमा मात्र आफ्नो सबै तयारी व्यवहारमा उतार्ने छन् । जसले अनलाइन कारोबार प्रणालीलाई पुर्णता दिनेछ ।

अहिले कै अवस्थामा भने अनलार्इनमा लगइन मात्र गर्न सकिन्छ । थप केही हुँदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।