पञ्चकन्याको आईपिओ आज बाँडफाँड हुँदै, ३२% बाहेक सबैले पाउने

Jul 27, 2018 Merolagani

पञ्चकन्या मार्इ हाइड्रोपावर (PMHL) को साधारण सेयर (आईपिओ) शुक्रबार बिहान बाँडफाँड हुँदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले बिहान १० बजे आईपिओ बाँडफाँड गर्ने जनाएको छ।आईपिओमा प्रमाणिकरण भएको तथ्याङ्क अनुसार ६८ प्रतिशत आवेदकले सेयर पाउने छन् भने ३२ प्रतिशतकाे मात्र हात खाली हुनेछ ।

आईपिओमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयरकाे प्रमाणिकरण (भेरिफाई) भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरको सेयरमा सर्वसाधारणमा निष्काशन भएको कित्ताको अनुपातमा १८ गुणा बढी अर्थात एक अर्ब ८४ करोड ७३ हजार रुपैयाँ बाराबरको आवेदन परेको हो ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

धितोपत्र बोर्डले गरेको निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ता सेयरका दरले बाँडफाँड गर्दा एक लाख एक सय जना आवेदक अर्थात ६८.३८ प्रतिशत आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी ४६ हजार २८९ जना अर्थात ३१.६२ प्रतिशत आवेदकको हात भने खाली रहने देखिन्छ ।

पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले जारी पुँजी एक अर्ब १० करोड रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामेलीका लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले इलामको सन्दकपुर गाउँपालिका स्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।