नागरिक लगुवित्त २७ लाख नोक्सानीमा

Jul 27, 2018 Merolagani

बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको नागरिक लघुवित्तले आर्थिक बर्ष २०७४/७५ मा २७ लाख आठ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत चैतसम्ममा लघुवित्तको नोक्सानी ११ लाख ६१ हजार रहेको थियो ।

२०७४ साल माघ १५ गतेबाट वित्तीय कारोवार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबार सञ्चालन नगरेका कारण नोक्सानीमा गएको हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चले लघुवित्तको सञ्चालन नोक्सानी २७ लाख ८ हजार पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीले ५० लाख सापटी तथा १२ लाख ३९ हजार निक्षेप संकलन गरेको छ भने एक करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ९ लाख ७० हजार ब्याज आम्दानी गरेर एक लाख ९३ हजार ब्याज खर्च गरेको छ । कम्पनीले ७ लाख ७६ हजार खुद ब्याज आम्दानी गरेको छ ।

एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । गत आवसम्म कम्पनी ३१ लाख २३ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी वि.सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।

लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।

संस्थाले बैंकिङ्ग पहुँच नपुगेका क्षेत्र तथा विपन्न वर्गसम्म सरल एंव सुलभ रुपमा स्तरीय वित्तीय सेवा उपलब्ध गराउने उदेश्यका साथ स्थापना भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।