स्वरोजगार लघुवित्तको हकप्रद खुल्यो, यस्ता छन् अावेदन गर्ने स्थान

Jul 29, 2018 Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले साउन १३ गते अाइतबारदेखि एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । लघुवित्तले चुक्ता पूँजी बराबर अर्थात १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँको हकप्रद निष्काशन गरेको हो ।

लघुवित्तको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । शेयर निष्काशन प्रयोजनका लागि लघुवित्तले असार २८ गते बुक क्लोज गरेकाले असार २७ गतेसम्म कायम भएका शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

हकप्रद शेयरमा धितोपत्र बोर्डवाट सि आस्वा सदस्यको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कामना विकास बैंकको ज्ञानेश्वर शाखा र सेन्ट्रल फाइनान्सको कुपण्डोल र चावहिल शाखावाट पनि हकप्रद भर्ने व्यवस्था गरेको विक्री प्रबन्धकले जनाएको छ ।

त्यसैगरि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालयहरु, स्वरोजगार लघुवित्त बनेपा, गुडविल फाइनान्स हात्तिसार, डिल्लिबजार, इन्द्रचोक कुमारीपाटी ललितपुरबाट समेत आबेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

दोस्रो बजारमा ७५५ रुपैयाँ प्रतिकित्ता सेयरमूल्य रहेको लघुवित्तको हकप्रद एक सय रुपैयाँमा नै किन्ने अवसर सेयरधनीलार्इ भदौ १७ गतेसम्म मात्र हुने कम्पनीले जनाएको छ ।

वित्तीय संस्थाले जारी गर्न लागेको हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले सकारात्मक स्थितिलाई जनाउँछ । हकप्रद शेयर निष्काशनको लागि गत जेठ १८ गते नै धितोपत्र बोर्डवाट स्वीकृती पाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख ९५ हजार ५२० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको ९ महिना अवधिमा स्वरोजगारले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।