साढे पाँच करोड पूँजीको लघुवित्तले एक बर्षमा कमायो जम्मा एक लाख नाफा

Jul 29, 2018 Merolagani

पोखरामा केन्द्रीय कार्यालय रहेको पाँच करोड रुपैयाँ चुक्ता पूँजी रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७४/७५ मा एक लाख एक हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो बर्ष यसै अवधिमा एक लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तले ३२ करोड ५६ लाख रुपैयाँ सापटी तथा ५ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले एक करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

उच्च कर्मचारी खर्च र अन्य सञ्चालन खर्च तथा नोक्सानी व्यवस्थाले कम्पनीको सञ्चालन नाफा एक लाख ६० हजारमा खुम्चिएको छ ।

खराब कर्जा अनुपात ०.२७ प्रतिशत रहेको कम्पनीको जगेडा कोषमा २ लाख १८ हजार मात्रै छ । कम्पनीे सर्वसाधारणमा आईपिओ जारी गर्ने प्रकृयामा समेत रहेको छ ।

स्पर्सले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर गर्न सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ८ करोड हुनेछ ।

हाल वित्तिय संस्थाले पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ ।  यी शाखा मार्फत लघुवित्तले करिब ६ हजार ५ सय बढी सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।