सिटी एक्सप्रेस फाइनान्सले १६७ प्रतिशत हकप्रद बेच्न तोक्यो बुक क्लोज

Jul 29, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न १६७ प्रतिशत हकप्रदको भारी बोकाउन लागेको सिटी एक्सप्रेस फाइनान्स (CEFL) ले हकप्रद निष्काशनका लागि सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ ।

हकप्रद सेयर जारी गर्नको लागि फाइनान्सले यहि साउन २१ गते एक दिन बुक क्लोज गर्ने भएको हो । गत वैशाख ३१ गते सम्पन्न १२ औँ साधारणसभाले सो हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत अावकाे चाैथाे त्रैमासमा कम्पनीले संस्थापक सेयरधनीबाट हकप्रद वापत संकलन गरेकाे अग्रिम दाखिला भुक्त्तानी सहित २८ कराेड २ लाख रूपैयाँ चुक्ता पुँजी उल्लेख गरेकाे छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

२०७४ मंसिर २४ गतेदेखि समस्याग्रस्त संस्थाबाट मुक्त बनेको तत्कालीन कुबेर मर्चेन्ट एण्ड फाइनान्स सिटी समुहले फाइनान्सको बहुमत सेयर खरिद गरि पूर्नजागरण गरेपश्चात फाइनान्स नियमित सञ्चालनामा आएको थियो ।

फाइनान्सको धितोपत्र आइतबार दोस्रो बजारमा प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ । गत आवमा फाइनान्सले दुर्इ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा कायम गरेको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।