शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस कम्पनीले स्थानीयवासीको लागि दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता र सर्वसाधारणको लागी १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता गरि जम्मा २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लमजुङ र कास्की सिमाना रुदीखोलामा ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ‘रुदी ‘ए’ आयोजना निर्माण सकिनै लागेको छ । उक्त आयोजनासँगै रुदी ‘बी’ आयोजनाको निर्माण पनि अघि बढाएको छ । रुदी ‘बी’ को पनि ५० प्रतिशत निर्माण कार्य सकिएको छ ।
आयोजना १ अर्ब ३ करोड रुपैयाँमा निर्माण हुने भनिए पनि भूकम्प र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले समय लम्बिएकाले लागत बढ्न सक्ने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
आयोजनाले ०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग चलनचल्तीको दर (हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसा) मा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।