कम्पनीले लमजुङ्गका मध्यनेपाल, वेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ निष्काशन गरेको हो।
युनियनको आइपिओमा साउन १४ गते देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले विभिन्न बैंक तथा वित्तीय संस्थाका १३ शाखा कार्यालय मार्फत बाट आवेदन गर्न सक्नेछन् ।
कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि संचालनमा ल्याएको छ । कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ ।
आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ । ईक्रा नेपालले कम्पनीको आइपिओलाई ग्रेड पाँच रेटिड. दिएको छ । कम्पनीको बित्तीय अबस्था कमजोर भएकाले लामो समयसम्म यसका लगानीकर्ता शेयरधनीले लाभांश नपाउने अबस्था छ ।
स्थानीयलाई आर्इ्पिओ जारी गरीसकेपछि सर्वसाधारणलाई २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपिओ निष्कासन हुने कम्पनीले जनाएकोे छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।