एनसीसी बैंकको हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Jul 30, 2018 Merolagani

नेपाल क्रेडिड एण्ड कर्मस बैंक (NCCB) को ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले हकप्रद निष्काशनका लागि साउन १५ गते सेयरधनी किताब बन्द गर्ने भएकाले सोमबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

बैंकले सनराइज क्यापिटल मार्फत दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद जारी गर्न लागेको हो । जसको मिति भने निर्धारण भैसकेको छैन ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले गत मंसिर २० गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न अनुमति मागेकोमा बोर्डबाट असार २२ गते स्वीकृती पाएको थियो ।

चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

बैंककाे सेयर धिताेपत्रकाे दाेस्राे बजारमा अाइतबार प्रतिकित्ता २२९ रूपैयाँमा काराेबार भएकाे छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।