एनआईसी एशिया बैंक र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Jul 30, 2018 Merolagani

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

 

अब बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिने छ । 

बैंकको मुलुकभर २३३ शाखा कार्यालय, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँ भन्दा बढि रहेको छ भने कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुलकर्जा करिब ११९ अर्ब रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।