कालीगण्डकी प्रसारणलाइनको निर्माण ६२ प्रतिशत सकियो

Jul 31, 2018 RSS

कालीगण्डकी करिडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ । करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करिडोर प्रशारणलाइन निर्माण शुरु गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ । उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण समेत धमाधम भइरहेको छ ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण सम्पन्न भएको छ । अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । “समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ”उनले भने । सवस्टेशनको पूर्वाधार निर्माणलाई तीब्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन निर्माण शुरु गरेको हो । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदको कामलाई अघि बढाएका छन् ।

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीब्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए । सो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ ।

यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीब्रता दिएको छ । आयोजनाले प्रशारणलाइनको टावर रहने जग्गा अधिग्रहणका लागि रु चार करोड ५० लाखभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।

कालीगण्डकी करिडोर राष्ट्रिय प्रशारणलाइनमार्फत् म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिनेछ । उक्त प्रशारणलाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला तथा १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट हाल निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।