सिटी एक्सप्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद भदौ १ देखि खुल्ने

Jul 31, 2018 Merolagani

सिटी एक्सप्रेस फाइनान्सले भदौ १ गतेदेखि १६७ प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । फाइनान्सले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा २५ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ । फायनान्सको हकप्रदमा साउन २० गते आइतबारसम्म कायम रहने सेयरधनीले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रदमा अाश्वा प्रणालीमा अावद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेराे सेयरबाट अावेदन गर्न सकिने व्यवस्था छ । त्यसैगरि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल, सिटी एक्सप्रेस फाइनान्सबाट समेत हकप्दमा अावेदन गर्न सकिनेछ ।

हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आवको चौथो त्रैमासमा कम्पनीले संस्थापक सेयरधनीबाट हकप्रद वापत संकलन गरेको अग्रिम दाखिला भुक्त्तानी सहित २८ करोड २ लाख रूपैयाँ चुक्ता पुँजी उल्लेख गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

२०७४ मंसिर २४ गतेदेखि समस्याग्रस्त संस्थाबाट मुक्त बनेको तत्कालीन कुबेर मर्चेन्ट एण्ड फाइनान्स सिटी समुहले फाइनान्सको बहुमत सेयर खरिद गरि पूर्नजागरण गरेपश्चात फाइनान्स नियमित सञ्चालनामा आएको थियो ।

फाइनान्सको धितोपत्र आइतबार दोस्रो बजारमा प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ । गत आवमा फाइनान्सले दुर्इ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।