एनसीसी बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ ४ देखि बिक्रीमा आउने

Jul 31, 2018 Merolagani

नेपाल क्रेडिट एन्ड कमर्श (NCCB) बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । बैंकले चुक्ता पुँजी बढाउन प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले साउन १५ गते मंगलबार सेयरधनी किताब बन्द गर्देछ । यसअनुसार साउन १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदमा भदौ ४ देखि असोज ७ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाउनेछ ।

चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।