एनसीसी बैंकको हकप्रदपछि सेयरमूल्य समायोजन

Jul 31, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार एनसीसी बैंक (NCCB) को सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता १८७ रुपैयाँ ३३ पैसा रुपैयाँ निर्धारण गरेको छ भने १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य २६५ रुपैयाँ ६७ पैसा कायम भएको जनाएको छ ।

बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । बैंकले चुक्ता पुँजी बढाउन प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

साउन १४ गतेसम्म कायम रहेका सेयरधनीले असोज ७ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन पाउने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।