मुक्तिनाथको सुधारउन्मुख वित्तीय विवरण, जगेडा कोषमा झण्डै एक अर्ब

Jul 31, 2018 Merolagani

मुक्तिनाथ बिकास बैंक (MNBBL)  ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको चौथो त्रैमाससम्म खुद मुनाफा १८ प्रतिशतले बढाएको छ । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

 

मुक्तिनाथले गतबर्ष ५७ करोड ५४ लाख खुद मुनाफा गरेको छ । जुन अघिल्लो बर्षको यसैअवधिको भन्दा १८.१९ प्रतिशत अर्थात ८ करोड ८५ लाख बढी हो । बैंकको खुद ब्याज आम्दानी २१.९३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २१.९५ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड पुगेको छ । जसको जगेडा कोषमा ९४ करोड ७९ लाख रहेको छ । एकबर्षको अवधि बैंकको चुक्तापूँजी ३१ प्रतिशत तथा जगेडाकोष २०३ प्रतिशतले बढेको छ ।

बैंकले यसअवधिमा ३० अर्ब ३५ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप ८१ प्रतिशतले बढ्दा कर्जा ६५ प्रतिशतले बढेको छ ।

बैंकको निष्क्रिय कर्जा ०.००४ प्रतिशत, प्रतिसेयर आम्दानी २२.२० रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १३६.५७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।