साझा विकास बैंक, युनियन फाइनान्स प्राप्ती गरेर ४० प्रतिशत हकप्रदबाट समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँबाट बढेर दुई अर्ब ५३ करोड ३६ लाख रुपैँया पुगेको छ । यस अवधिमा बैंकले जगेडा कोषमा ४८ लाख मात्र सुधार गरेर ४८ करोड १२ लाख पुर्याएको छ ।
यस अवधिमा बैंकले १५ अर्ब ६९ करोड निक्षेप संकलन गरि १३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप ५०.७९ प्रतिशत र कर्जा लगानी ४१.९२ प्रतिशतले बढोत्तरी गरेको छ ।
अघिल्लो आवमा एक अर्ब पाँच करोड ब्याज आम्दानी गरेको बैंकले बढाएर एक अर्ब ७८ करोड गरेको छ । ब्याज आम्दानी बढाएपछि बैंकले ६९ करोड ३४ लाख खुद व्याज आम्दानी गरेको छ ।
कर्मचारी खर्च र तथा अन्य सञ्चालन खर्च तथा नोक्सानी व्यवस्थाले बैंकको सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा पाँच करोड बढी रहेपनि खुद नाफा भने घटेको हो।
साना कम्पनीलाई प्राप्तीका कारण बैंकको अघिल्लो बर्ष १.२५ प्रतिशत रहेको खराब कर्जा अनुपात १.९२ प्रतिशतमा बढेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२.८६ प्रतिशत, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ९९ पैसा, मूल्य आम्दानी अनुपात ११.६७ गुणा बढी रहेको छ ।
त्यसैगरि बैंकको निक्षेप लागत ९.३७ प्रतिशत र आधार व्याजदर १२.७७ प्रतिशतमा बढेको छ ।
बैंक अझै सहारा विकास बैंक र वेष्टर्न विकास बैंकलार्इ समेत प्राप्ती गर्ने प्रकृयामा छ ।