आईसिएफसी फाइनान्सको नाफा घट्यो

Jul 31, 2018 Merolagani

आईसिएफसी फाइनान्स(ICFC) ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष १९ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सले गतबर्ष जम्मा ९ करोड ८४ लाख मात्रै खुद नाफा गरेको छ ।

कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा आधा कम हो । कम्पनीको खुद ब्याज आम्दानी घट्नुका साथै संचालन खर्च, कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र कर्जा नोक्सानी व्यवस्था बढेपछि खुद नाफा घटेको हो ।

८८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २८ करोड ३१ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा फाइनान्सले ८ अर्ब ८७ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरि ६ अर्ब ९८ करोड कर्जा विस्तार गरेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ११ रुपैयाँ छ । फाइनान्सको खराब कर्जा भने ०.०५ प्रतिशतमा सिमीत भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।