ओम डेभलपमेण्ट बैंकको जगेडा कोष बाहेक अन्य प्रगति समान्य

Jul 31, 2018 Merolagani

ओम डेभलपमेण्ट बैंक (ODBL) ले गत आर्थिक वर्षमा जगेडा कोषमा उल्लेख्य प्रगति गरेपनि अन्य सबै सूचक सामान्य रहेका छन् । समीक्षा अवधिमा बैंकले जगेडा कोष शतप्रतिशत बढाएको छ भने अन्य सबै सूचाङ्क सामान्य बढेका छन् ।

बैंकले ३८ करोड ३७ लाख रुपैयाँ रहेको जगेडा कोषमा १११.९० प्रतिशतले बढाएर ८१ करोड ३० लाख सञ्चित गरेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब दुई करोड २० लाखबाट २४ प्रतिशत बढेर दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद नाफा ३९ करोड ४३ लाखबाट ५९ लाखमात्र बढेर ४० करोड तीन लाख पुगेको छ । पूँजी वृद्धि अनुपातमा नाफा स्थिर भएपश्चात बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५० पैसाबाट १५ रुपैयाँ ९२ पैसामा खुम्चिएको छ ।

यस अवधिमा बैंकले निक्षेप ३३.५८ प्रतिशतले बढाएर २१ अर्ब ४५ करोड ५१ लाख पुर्याएको छ । बैंकले कर्जा लगानीमा पनि ३०.५९ प्रतिशतले बढाउँदा १८ अर्ब ३६ करोड ११ लाख कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी ७६ करोडबाट ११ प्रतिशतले बढेर ८४ करोड ६० लाख पुसगेको छ तर सञ्चालन नाफा ५९ करोड ५१ लाखबाट ६१ करोड ४७ लाख पुगेको छ । कर्मचारी, अन्य सञ्चालन खर्च र नोक्सनी व्यवस्थाले बैंकको सञ्चालन आम्दानी बढ्न नसकेको हो ।

निष्कृय कर्जा अनुपात अघिल्लो बर्ष ०.९० बाट गत असार मसान्तमा ०.५७ प्रतिशतमा झारेको बैंकको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३३ पैसा, कर्जा निक्षेप अनुपात ७४.३० प्रतिशत, आधार ब्याजदर १२.६२ प्रतिशत र निक्षेप लागत ९.४१ प्रतिशत रहेको देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।