प्राइम लाइफको व्यवसाय विस्तार भएपनि पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा

Aug 01, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC)  ले गत आर्थिक बर्षको प्रगति उन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । बोनस वितरण र हकप्रद बेचेर भारी मात्रामा पूँजी बढाएको कम्पनीले व्यवसाय विस्तारका साथै नाफा बढाएपनि प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ ।

गत आर्थिक बर्षको अन्त्यसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २१ करोड ६३ लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.२६ प्रतिशत बढी हो । अघिल्लो बर्ष कम्पनीले १५करोड ८७ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले बीमा शुल्क आर्जन, बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ । कम्पनीको जगेडा कोषमा ९६ करोड ३४ लाख रहेको छ । जीवन बीमा कोषमा ६ अर्ब ५३ करोड, महाविपत्ती कोषमा ९ करोड २२ लाख राखेको छ ।

कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीको हाल एक अर्ब ७८ करोड चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले दुई अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

यसबर्ष कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब ५८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीले १२ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल ४० करोड ५६ लाख दाबी भुक्तानी गरेको छ । ८१ लाख १९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ । कम्पनीले हालसम्म १६ लाख बढी बीमा लेख जारी गरेकोमा ५ लाख ८६ हजार मात्र कायम रहेका छन् ।

कम्पनीको प्रतिसेयर आम्दानी १२.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५४ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात ४३.७२ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।