एनएमबि बैंकको बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Aug 01, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले बिहीबारदेखि साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्न भएकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

एनएमबिले बोनस पारित गर्न साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे बाइसौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको असार २६ गते सम्पन्न ३५९ औं सञ्चालक समति बैठकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो ।

बैंकले एक अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ बराबरको एक करोड १४ लाख ४ हजार ९३५.९५ कित्ता बोनस शेयर तथा ६ करोड २५ हजार ९७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।

 

एनएमबी बैंकले घोषणा गर्यो बोनस, चुक्ता पूँजी आठ अर्ब ७४ करोड पुग्ने 

एनएमबि बैंकले बल्ल डाक्यो साधारण सभा, के के छन् एजेण्डा ?

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।