लगानीयोग्य रकमको अभावमा लामो समयसम्म उच्च व्याजमा निक्षेप तानातान गर्ने होडमा बैंकहरु बसेका थिए । पछिल्ला दिनमा अवस्था केही सहज बन्दै गए पछि क्रमिक रुपमा बचततर्फको व्याजदर घटाउने अभियानमा बैंकहरु लागेका छन् ।
बंगलादेश बैंकले साधारण बचततर्फ कुल ११ शिर्षकका बचत योजना सार्वजनिक गरेको छ । जसमा उसले समृद्धि बचत खातामा मात्र ७ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । बाँकी १० शिर्षकका बचत योजनामा बैंकले ५ प्रतिशतमात्र व्याज दिने भएको हो । बैंकको यो व्याजदर बुधबारदेखि लागू भएको छ ।