सिभिल लघुवित्तको नाफा बढ्यो

Aug 01, 2018 Merolagani

सिभिल लघुवित्त(CLBSL) ले आघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासमा तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ६२ लाख १३ हजार खुद नाफा कमाएको लघुवित्तले गत वर्ष १ करोड १४ लाख खुद नाफा गरेको छ ।

दश करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एक करोड ४३ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

यस अवधिमा लघुवित्तले १६ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५८ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले ४ करोड ६३ लाख खुद व्याज आम्दानी गरेको देखिन्छ । कम्पनीले ३४ करोड रुपैयाँ कर्जा सापट लिएको छ ।

निष्कृय कर्जा अनुपात ०.७८ प्रतिशत रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १०.४७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३.१० रुपैयाँ रहको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।