सिन्धु विकास बैंक
सिन्धु विकास बैंकले गत आर्थिक वर्षमा एक करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसले अघिल्लो आर्थिक बर्षमा तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो । असारमसान्तमा बैंकले खुद नाफा ५७.८८ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।
गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड ४७ लाख निक्षेप संकलन गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ९० करोड ५६ लाख रुपैयाँ संकलन गरेको थियो । आर्थिक वर्षमा कर्जा परिचालन एक अर्ब ५५ करोड ८८ लाख रुपैयाँ गरेको बैंकले अघिल्लो बर्ष एक अर्ब ३९ करोड ७९ लाख रुपैयाँ थियो ।
अघिल्लो बर्षको तुलनामा ३४.२१ प्रतिशतले ब्याज आम्दानी बढाए पनि बैंकको ब्याज खर्च ७३.३२ प्रतिशतले बढ्दा आम्दानी प्रभावित बनेको हो ।
खराब कर्जा २.९२ प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ १३ पैसा छ । मूल्य आम्दानी अनुपात ४१.७६ गुणा बढी रहेको बैंकको प्रति सेयर नेटवर्थ ११२ रुपैयाँ ३४ पैसा छ ।
तिनाउ विकास बैंक
तिनाउ विकास बैंकले गत आर्थिक वर्षमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्ष ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा अघिल्लो बर्षको तुलनामा २५.८१ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी ५० करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।
असारमसान्तमा बैंकले १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो बर्ष २० करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा दुई करोड २८ लाख रुपैयाँले घटेको हो ।
बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ १५ पैसा छ । मूल्य आम्दानी अनुपात ११.९४ गुणा बढी रहेको बैंकको प्रति सेयर नेटवर्थ १२९ रुपैयाँ पाँच पैसा रहेको छ भने निष्कृय कर्जा अनुपात ०.३० प्रतिशत छ ।