बीमा कम्पनीका लगानीकर्ताले गत बर्ष कति पाए लाभाशं ? ७ कम्पनीले जिल्लाए

Aug 01, 2018 Merolagani

आर्थिक वर्ष २०७३/७४ मा नेप्सेमा सूचीकृत २२ बीमा कम्पनी मध्ये ४ जीवन र ११ निर्जीवन गरी १५ बीमा कम्पनीले मात्रै लाभांश वितरण गरेका छन् । बाँकी ७ कम्पनीमध्ये तीन कम्पनीले साधारणसभा गरेपनि कुनै लाभांश वितरण गरेनन् भने चार कम्पनीले साधारणसभा नै राख्न सकेका छैनन् ।

जीवन बीमा कम्पनी

सूचीकृत ७ जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीले मात्रै लाभांस वितरण गरेका छन् । जीवन बीमा कम्पनीहरुमा सबै भन्दा धेरै लाभासं नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीहरुले पाएका छन् । आर्थिक वर्ष २०७३/७४ वा कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८.५ प्रतिशत नगद गरी ७०.५ प्रतिशत लाभांस वितरण गरेको हो ।

यस्तै प्राइम लाइफ १२.५ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्स ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । सुर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर ०.६३२ प्रतिशत नगद लाभांस वितरण गरेको छ । 

एलआईसी नेपाल, गराँस लाइफ र नेशनल लाइफले भने अझै आर्थिक बर्ष २०७३/७४ को साधारण सभा सम्पन्न गर्न सकेका छैनन् ।

निर्जीवन बीमा कम्पनी 

१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये ११ कम्पनीले आफ्नो शेयरधनीलाई लाभांश वितरण गरेका छन् । सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले २९ प्रतिशत बोनस शेयर र १.५२ नगद गरी ३०.५२ प्रतिशत लाभांस वितरण गरेको हो ।

यस्तै एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद, प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद, सिद्धार्थ इन्स्योरेन्स २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद, प्रभु इन्स्योरेन्स १९.२० बोनस शेयर र १.०१ प्रतिशत नगद लाभांस वितरण गरेका छन् ।

 

नेको इन्स्योरेन्सले १० प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२ प्रतिशत, प्रिमियर इन्स्योरेन्स १३.५२ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स १० प्रतिशत, नेपाल इन्स्योरेन्स ४.५२ प्रतिशत बोनस शेयर वितरण गरेका छन् । हिमालयन जनरलले १५ प्रतिशत नगद लाभांस वितरण गरेको छ ।

साधारण सभा सम्पन्न गरेपनि सगरमाथा, युनाईटेड, आइएमई जनरल इन्स्योरेन्सले भने लाभांश वितरण गरेका छैनन् । यि कम्पनीहरुले कुनै लाभांश प्रस्ताव गरेका थिएनन्।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६३/६४ साल देखि साधारणसभा गरेको छैन । कम्पनीले एकै पटक तीन आर्थिक वर्षको साधारण सभा गर्ने १२० प्रतिशत बाेनस र ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको भएपनि बीमा समितिवाट स्वीकृत नहुँदा लाभांश वितरण गर्न सकिरहेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।