बैंकले ९ करोड २७ लाखको एफपिओ निष्काशन गरेकोमा ४७ करोड ७६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।
एफपिओमा बुधबार सम्ममा २३ हजार १६५ आवेदन प्राप्त भएको एफपिओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएकाे छ ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो । साउन १५ देखि खुलेको एफपिओमा १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
एफपिओ लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय कित्ता अर्थात चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था छ ।
बैंकको एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध संचालकहरुले भने आवेदन दिन पाउने छैनन् ।
संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्काशन गर्न गरेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।