ग्लोबल आइएमईले बनायो दुई अर्ब १५ करोड लाभांश बाड्ने क्षमता, नाफा कति ?

Aug 02, 2018 Merolagani

ग्लोबल आइएमई बैंक(GBIME) ले आफ्ना शेयरधनीलाई दुई अर्ब १५ करोड लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार प्रकाशित गरेको गत आर्थिक बर्षको वित्तीय विवरणमा सो उल्लेख गरेको छ ।

 

बैंकले बिहिबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार १ अर्ब ९८ करोड खुद नाफा गरेको छ ।

एनएफआरएस अनुसार बैंकले लाभांश वितरण गर्न योग्य २ अर्ब १५ करोड आर्जन गरेको देखाएको छ । बैंकको नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात १७ करोड थपिएको छ । जसले गर्दा उसको खुद नाफा भन्दा बढी लाभांश क्षमता रहेको उल्लेख छ ।

बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड छ । एनएफआरएस अनुसार बैंकको जगेडाकोषमा ५ अर्ब ८६ करोड देखाएको छ । बैंकले ११ अर्ब ४० करोड ब्याज आम्दानी गरेर ७ अर्ब ६० करोड ब्याज खर्च गरेको छ । जसबाट उसले ३ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको खराब कर्जा घटेर ०.६९ प्रतिशतमा झरेको छ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा तथा प्रतिसेयर नेटवर्थ १६५.९९ पैसा र मूल्य आम्दानी अनुपात १३.०१ गुणा कायम भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.५५ प्रतिशत र कोषको लागत ७.०४ प्रतिशत छ ।

बैंकले विहीबार पुरानो तथा नयाँ दुवै मोडलका वित्तीय विवरण एकसाथ प्रकाशित गरेको छ । परम्परागत वित्तीय विवरण हेर्दे आएका बैंकका लगानीकर्तालाई नयाँ मोडलको वित्तीय विवरणले केही अन्यौलता समेत सृजना गरेको छ । कतिपय एउटै शिर्षकका रकम पनि दुईतिर फरक पाईएका छन् । बैंकहरुले प्रकाशित गरेका विवरणको ढाँचामा पनि एकरुपता देखिदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।