नेप्सेले बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता ३१७ रुपैयाँ ३९ पैसा रुपैयाँ निर्धारण गरेको छ भने १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ३९१ रुपैयाँ ७० पैसा कायम भएको जनाएको छ ।
एनएमबिले बिहीबारदेखि साधारण सभाका लागि सेयरधनी किताब बन्द गरेकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।
बैंकले बोनस पारित गर्न साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे बाइसौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।
....{एनएमबि बैंकले बल्ल डाक्यो साधारण सभा, के के छन् एजेण्डा ? }.....
बैंकको असार २६ गते सम्पन्न ३५९ औं सञ्चालक समति बैठकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो ।
बैंकले एक अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ बराबरको एक करोड १४ लाख ४ हजार ९३५।९५ कित्ता बोनस शेयर तथा ६ करोड २५ हजार ९७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।