एनआईसी एशियाबाट रिलायबल लाईफको बीमा योजना खरिद गर्न सकिने

Aug 02, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) बाट रिलायबल नेपाल लाईफको बीमा योजना खरिद गर्न सकिने भएको छ । बुधबार बैंक र इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता भएसँगै २३३ वटै शाखा मार्फत ग्राहकले इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका हुन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए ।

बैंकले देशभर २३३ शाखा कार्यालयहरु, २२२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गदर्दे आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।