आर्थिक बर्ष २०७४/७५को चौथो त्रैमासिकमा स्वरोजगारले तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष दुई करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ लघुवित्तको ६ करोड ६४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।
गत बर्ष एक अर्ब ७१ करोड सापटी तथा ७८ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेर लघुवित्तले दुई अर्ब १३ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ
अघिल्लो बर्ष भन्दा ३५.५७ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तमा निष्कृय कर्जा ०.३६ प्रतिशतमा बढेको छ भने प्रतिसेयर आम्दानी अनुपात बढेर २९ रुपैयाँ ८६ पैसा पुगेको छ । मुल्य आम्दानी अनुपात २८.९६ गुणा रहेको लघुवित्तको प्रति सेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ ।