सिनर्जीलाई एक्विजिशन गरेको बेष्ट फाइनान्सले थाल्यो एकीकृत कारोबार

Aug 02, 2018 Merolagani

सिनर्जी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गरेको बेष्ट फाइनान्स (BFC)  ले साउन १७ गते देखि एकीकृत कारोबार सुरु गरेकोे छ । एकीकृत फाइनान्सको चुक्ता पूँजी ८९ करोड पाँच लाख २४ हजार पुगेको छ ।

वेष्ट फाइनान्सले नेपाल राष्ट्र बैंकबाट गत असार १८ गते सिनर्जी फाइनान्सलाई एक्विजिसन गर्न स्वीकृती पाएको थियो ।

एक्विजिसन पश्चात फाइनान्सको केन्द्रीय कार्यालय, हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको स्थान कमलादी काठमाडौंमा रहने भएको छ ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको थियो।

यस्तै सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।