राष्ट्र बैंकका गभर्नर भन्छन्, 'बैंकहरु १५ अर्ब पूँजी पुर्याउन चाहन्छन्'

Aug 02, 2018 Merolagani

वेष्ट फाइनान्सले सिनतर्जी फाइनान्सलाई आफुमा गाभेर एकीकृत कारोबार सुरु गरेको छ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले फाइनान्सको एकीकृत कारोबारको सुरुवात गरेका छन् । उनले समस्याग्रस्त संस्थाहरु बलियो बन्दै गएको भन्दै प्रशंसा गरेका छन् ।

फाइनान्सको एकीकृत कारोबारको सुरुवात गर्दै गभर्नर नेपालले बैंकहरु अहिले चुक्ता पूँजी १५ अर्ब रुपैंया पुर्याउने पक्षमा रहेको बताएका छन् । यससम्बन्धमा बैंकहरुले आफुसँग आशय व्यक्त गरेको खुलासा गभर्नर नेपालले गरेका हुन् । 

गभर्नर नेपालले बैंकहरुलाई नीजि कम्पनीका रुपमा नलिन आग्रह गर्दै सार्वजनिक संस्थानको अवधारणामा सञ्चालन हुनु पर्ने बताए ।

सिनर्जी फाइनान्सलाई विलय गरेर बेष्ट फाइनान्सका नामबाट एकीकृत कारोबार सुरु भएको हो । यो सँगै वेष्ट फाइनान्सको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ । विलय पश्चात फाइनान्सको निक्षेप २ अर्ब २४ करोड रुपैयाँ पुग्नुका साथै कर्जा प्रवाह एक अर्ब ९९ करोड रुपैयाँ पुग्ने बताइएको छ । शाखा संख्या १४ पुगेको फाइनान्सको एटीएम संख्या ३ पुग्ने विज्ञप्तीमा उल्लेख छ ।

फाइनान्सको अध्यक्षमा पदमराज न्यौपाने नियुक्त भएका छन् भने संस्थापकका तर्फबाट संचालकमा मिलन थापा, कृष्णहरी श्रेष्ठ र सुरज क्षेत्री नियुक्त भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट बेबीजन तिमल्सिना र महेशप्रसाद अधिकारी सञ्चालक बनेका छन् । स्वतन्त्र संचालकमा बिमल ढकाल छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।