कहिले आउला लगानीकतार्लले आफ्नै हातले क्लिक गरेर सेयर कारोबार गर्ने दिन ?

Aug 02, 2018 Merolagani

साउन १ गते देखि अनलार्इन प्रणाली मार्फत कारोबार गर्न तयार भएका सेयर बजारका लगानीकर्ता अझै डेढ महिना पर्खनु पर्ने भएको छ । नेप्से प्रमुख साउदले नेपाल पूँजी बजार लगानीकर्ता संघसँगको भेटमा युएटीले असोजको तेश्रो हप्ता आफ्नो परिक्षण पूरा गरेर आईएसओ सर्टिफाई भए पश्चात पूर्ण रुपमा अनलाइन कारोबार सुरु हुने बताएका छन् ।

यसले पुर्ण अनलाइन कारोबार प्रणाली केहि दिन पछाडि धकेलिएको उनको भनाई छ । साथै असारमा नेप्सेमा कार्यकारी पदमा भएको हेरफेरको कारणले अनलाईन प्रणालीमा केहि हप्ता पछाडि धकेलिएको बुझिएको छ ।

त्यसैगरी बिहीबार ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिहरुलाई श्रीलंका लगायतका देशहरुमा पठाएको नेप्सेले जनाएको छ । अन्तर्राष्ट्र्रिय मापदण्ड अनुरुप अनलाइन टेडिङ्गका बारेमा जानकारी गराउन ब्रोकर प्रतिनिधिहरुलाई ति मुलुकमा पठाइएको बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।