हकप्रदमा उचालिएर थलिएका लगानीकर्ताले दिन थाले हकप्रदलाई रेड सिंग्नल

Aug 02, 2018 Merolagani

तीन बर्ष अगाडि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने घोषणा गर्यो । फलस्वरुप अधिकांश संस्थाहरुले पूँजी बढाउने मुल अस्त्रको रुपमा भारी मात्रामा हकप्रद शेयर बिक्रीको योजना धमाधम सार्वजनिक गर्न थाले । जसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखियो ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रममा मर्जर, एक्विजिशन र बोनसलाई भन्दा पनि हकप्रदलाई प्राथमिकता दिन थाले । सो क्रममा बैंकहरुले चार सय प्रतिशतसम्म हकप्रद बिक्रीको योजना ल्याए ।

शुरुका दिनहरुमा फलानो बैंकले यति प्रतिशत, डिस्कानो बैंकले उति प्रतिशत हकप्रद दिने भन्दै शेयर बजारका लगानीकर्ता हकप्रदमा उचालिन थाले । जसले गर्दा शेयर बजारमा हकप्रद घोषणा गर्ने कम्पनीहरुको शेयर भाऊ उचालिन थायो । सो कारणले शेयर बजारले पनि दिनप्रतिदिन छलाङ् मार्दै गयो र उच्च अंकको किर्तिमान सम्म राख्यो ।

हुनत यसबीचमा शेयर बजार सुधारका अनेक प्रयासहरु पनि भए । शेयर बजारलाई कागजपत्रबाट डिजिटलमा लैजाने काम पनि यसैबीचमा भयो, बजार विस्तारदेखि आईपिओ भर्दा लाईन बस्नुपर्ने जमनाको अन्त्य पनि यसैबीचमा गरियो । यि कुराहरुले पनि शेयर बजारको गति बढाउन महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।

तर पनि पछिल्ला दुई बर्षमा बजार उचालिनुको प्रमुख कारण कम्पनीहरुको हकप्रदमा लगानीकर्ता उचालिनु नै प्रमुख थियो । जब जब कम्पनीहरुले हकप्रद घोषणा गर्थे त्यती बेला मेरोलगानीले हकप्रद सम्बन्धीको हरेक समाचारको शिर्षकमा नउचालिनुस् भन्दै लेख्दै आएको थियो । हकप्रदमा नउचालिनुस् भन्ने शब्द हेडलाईनमै राखेर समाचार बनाउँदा कतिपय लगानीकर्ता र हकप्रद जारी गर्ने कम्पनीहरुले मेरोलगानीमा फोन गरेर धम्काउने सम्मका हर्कत समेत गर्न भ्याए । 

 

शेयर बजारको बढ्दो गतिमा बजारमा नयाँ नयाँ लगानीकर्ताहरु प्रवेश गर्ने लहर पनि सँगसँगै आयो । हरेक दिन जसो नेप्से नयाँ उचाईमा भन्ने खालका खबरहरु आईरहँदा यस सम्बन्धी कुनै ज्ञान नै नभएका लगानीकर्ताहरु पनि बजारमा ओइरिन थाले र जसले धेरै हकप्रद घोषणा गर्छ तिनै कम्पनीका शेयर धमाधम किन्न थाले ।

यता, टाठाबाठा, बजार बुझेका र भाबी दिनमा हकप्रदले शेयर बजारमा पार्ने प्रभाव आंकलन गर्न सक्ने क्षमता राख्ने लगानीकर्ता हकप्रदको बुक क्लोज हुनुपूर्व भकाभक शेयर बिक्री गरेर बजारबाट बाहिरिने गर्थे । उनीहरुले छोटो समयमा नै शेयर बजारबाट मोटो रकम कुम्ल्यिाएर बाहिरिए । कम्पनीले हकप्रद दिने होईन लगानीकर्ताले किन्ने हो अर्थात् थप लगानी गर्ने हो भन्ने नजान्दा हकप्रदमा लोभिने अधिकांश लगानीकर्ताहरु लगानी बढाउन थाले । 

ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्तालाई हकप्रदको भारी, चार सय प्रतिशत प्रस्ताब

लक्ष्मी बैंकलाई बल्ल शतप्रतिशत हकप्रद निश्काशनको अनुमति, हकप्रदमा नउचालिनुस 

सानिमा माई हाईड्रोले पायो शतप्रतिशत हकप्रद विक्री गर्ने अनुमति, तर नउचालिनुस् 

सेवा बिकास बैंकले पनि पायो हकप्रदको स्वीकृति, १२० प्रतिशत हकप्रद आउने भयो भन्दैमा नउचालिनुस् 

सेती फाईनान्सको १५० प्रतिशत हकप्रदका लागि आयो सेयरधनी दर्ता किताब बन्दको सूचना तर नउचालिनुस् 

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो दुई सय प्रतिशत हकप्रद, तर नउचालिनुस्

बंगलादेश बैंकले ८० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज, नउचालिनुस्

पूँजी वृद्धि घोषणा गरिएको दुई बर्ष जसरी बजार उचालियो । जब जब कम्पनीहरुले बिक्री गरेका हकप्रद र वितरण गरेका बोनस शेयर बजारमा सूचीकृत हुनेक्रम सुरु भयो । तब तब शेयर बजार समेत झर्न थाल्यो । अर्कातर्फ यहि बीचमा धेरै कम्पनीका प्राथमिक निष्काशन भए र त्यताबाट पनि शेयरको आपूर्ति बढ्न गयो । शेयर बजारमा भएको चर्को आपूर्ति नै अहिलेको शेयरबजार घटाईको मुल कारण हो । नियामक निकायहरुले आपूर्ति अनुसार माग सृजना गराउने कार्यक्रम ल्याउन नसक्दा शेयर बजारको ओरालो यात्रा झनै रोकिएन । जसले गर्दा १८८१ सम्म पुगेको बजार १२ सय अंक मुनी आईपुग्यो ।

हुनत सरकारले लिएका नीति तथा कार्यक्रमहरुले पनि बजारलाई उत्तिकै प्रभाव पार्दे आएको छ । यसबीचमा भ्याट, प्यान, पूँजीगत लाभकर , मार्जिन कर्जा लगायत बजेट र मौद्रिक नीतिमा गरिएका कतिपय व्यवस्थाहरुले पनि पूँजी बजारलाई तरङ्गित पार्यो । कहिले ब्रोकरहरु त कहिले लगानीकर्ताहरु आन्दोलीत समेत भए । ईतिहासमा शेयर कारोबार ठप्प समेत पारियो ।

शेयर बजारमा हकप्रदको भारी बोकेका लगानीकर्ताहरुमा अहिले विस्तारै चेत खुल्न थालेको छ । हिजो हकप्रद घोषणा गर्दा शेयर किन्न हतारिनेहरु अहिले हकप्रद आउँदा शेयर बेच्न दौडिन थालेका छन् । जसले गर्दा पछिल्ला दिनहरुमा हकप्रद शेयर बिक्रीको घोषणा गर्ने कम्पनीहरुको शेयर मूल्य उच्चदरले घट्न थालेको छ ।

यहाँ उदाहरणको रुपमा हामीले सिटी एक्स्प्रेस र प्रोगेशिभ फाइनान्सलाई प्रस्तुत गरेका छौं । तुलनात्मक रुपमा यि दुवै कम्पनीहरुको प्रगति विवरण कमजोर नै छ ।

१६७ प्रतिशत हकप्रद बिक्री गर्ने घोषणा गरेको सिटी एक्सप्रेस फाइनान्सको जब बुक क्लोजको मिति नजिकँदै गयो । बजारमा शेयर बिक्री गर्नेहरुको चाप बढ्न थाल्यो । जसले गर्दा पछिल्ला पाँच दिन यो कम्पनीको शेयरमूल्य लगातार झण्डै दश प्रतिशतका दरले घटेको छ ।

भदौ १ गतेदेखि १६७ प्रतिशत हकप्रद बिक्री गर्न लागेको कम्पनीले साउन २१ गते बुक क्लोज गर्देछ । विगतमा हकप्रदको भारी बोक्दा पाठ सिकेका लगानीकर्ताहरु नै अहिले हकप्रदबाट भाग्न थालेको यि तथ्यहरुले बताउँछ । पछिल्लो ६ कारोबार दिनमै कम्पनीको शेयरमूल्य प्रतिकित्ता १८६ रुपैयाँबाट ११२ रुपैयाँमा झरिसकेको छ । बुक क्लोज अगाडि आइतबार अझै एक दिन कारोबार हुनै बाँकी छ ।

त्यस्तै २८१ प्रतिशत हकप्रद बिक्री गर्न लागेको प्रोगेशिभ फाइनान्सले साउन २३ गते बुक क्लोज गर्देछ । यो कम्पनीको पनि हकप्रद बिक्री गर्ने आह्वानपत्र निष्काशन भएदेखि नै शेयर बिक्रीको चाप परेको देखिन्छ । जसले गर्दा कम्पनीको शेयरमूल्य निरन्तर घट्दै गएको छ । हकप्रद बिक्रीको सूचना प्रकाशित गरे यता मात्रै कम्पनीको शेयरमूल्य निरन्तर घटेर प्रतिकित्ता १४२ रुपैयाँबाट ११४ रुपैयाँसम्म झरिसकेको छ । बुक क्लोजसम्म अझै कम्पनीको शेयरमूल्य कति घट्ला त्यो भने हर्न बाँकी नै छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।