एभरेष्ट बैंकको खुद नाफा ३६ प्रतिशतले बढ्यो, २७० करोड लाभांश क्षमता

Aug 03, 2018 Merolagani

एभरेष्ट बैंक (EBL) ले शुक्रबार नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) तथा पुरानो दुबै मोडलमा वित्तीय विवरण प्रकाशित गरेको छ । एनएफआरएस मोडल अनुसार बैंकको खुद नाफा ३५.८९ प्रतिशतले बढेर दुई अर्ब ७८ करोड पुगेको छ । अघिल्लो बर्ष बैंकले दुई अर्ब पाँच करोड कमाएको थियो ।

एनएफआरएस अनुसार बैंकले दुई अर्ब ७० करोड ४७ लाख रुपैयाँ फ्री प्राेफिट गरेकाे छ । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ८६ करोड १२ लाख व्यवस्था गरेको छ । यसपछि आफ्ना शेयरधनीलाई एक अर्ब ८४ कराेड ३५ लाख रूपैयाँ लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको वित्तीय विवरणमा उल्लेख छ । 

बैंकको चुक्ता पूँजी आठ अर्ब १० करोड ६८ लाख रुपैयाँ छ । एनएफआरएस अनुसार बैंकको जगेडा कोषमा ७ अर्ब ८० करोड ५४ लाख सञ्चित रहेको देखाएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९२ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ । बैंकले १० अर्ब १५ करोड ८४ लाख ब्याज आम्दानी गरेर ५ अर्ब २३ करोड ३६ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ४ अर्ब ९२ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा ०.५१ बाट घटेर ०.२० प्रतिशतमा झरेको छ, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३७ पैसा तथा प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २०.९१ गुणा कायम भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर ८.४५ प्रतिशत र कोषको लागत ५.६१ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।