मिर्मिरेले ६१ प्रतिशतले बढायो खुद नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

Aug 03, 2018 Merolagani

आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासमा मिर्मिरे लघुवित्त (MMFDB) को खुद नाफा ६१ प्रतिशतले बढेको छ । गत बर्षमा तीन करोड चार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले अघिल्लो बर्ष एक करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

खुद नाफा बढाएपछि अघिल्लो बर्ष ३४ रुपैयाँ २७ पैसा रहेको लघुवित्तको प्रति सेयर आम्दानी ५१ रुपैयाँ ७० पैसामा बढेको छ । आठ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । 

गत आवमा तुलनामा निक्षेप संकलन दोब्बर बढाएर ४१ करोड रुपैयाँ संकलन गरको लघुवित्तको कर्जा लगानी ७५ प्रतिशतले बढाएर एक अर्ब ४२ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । अन्य संस्थासँग लघुवित्तले एक अर्ब ६ करोड ७६ लाख रुपैयाँ सापटी लिएको छ ।

बैंकहरुसँग सँग ऋण सापटी लिनुपर्दा लघुवित्तको निक्षेप लागत नै ११.९६ प्रतिशतमा बढेको छ । जसका कारण २० करोड २६ लाख ब्याज आम्दानी गरेपनि ब्याज खर्च १२ करोड ३३ लाख पुगेको छ । यद्यपी कम्पनीले खुद ब्याज आम्दानी भने ८० लाखले बढाएर ७ करोड ९२ लाख आर्जन गरेको छ ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात एक प्रतिशतबाट घटेर ०.६७ प्रतिशतमा सीमित भएको छ । लघुवित्तको मूल्यआम्दानी अनुपात २९.५२ गुणा रहेको लघुवित्तको प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।