नेपाल बैंकको एफपिओमा सञ्चालहरुको अत्यन्त न्यून आवेदन, कुन क्यापिटलकाे कति फस्यो लगानी ?

Aug 04, 2018 Merolagani

नेपाल बैंक (NBL) ले दोस्रो चरणमा सञ्चालक र कर्मचारीका लागि निष्काशन एफपिओमा थप तीन हजार ७०० कित्ताको लागि मात्र आवेदन परेपछि मर्चेन्ट बैंकहरूकाे २ अर्ब ३२ करोड ६५ लाख लगानी फस्ने भएकाे छ । यसअघि निर्धारित एक महिना अवधिमा ५३ प्रतिशत मात्र एफपिओ बिक्री भएपश्चात साउन १५ देखि तीन दिनको लागि पुन: सञ्चालक र बैंक कर्मचारीका लगायतका लागि खुला गरिएको थियो ।

बैंकको एफपिओमा संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंकको ब्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरुबाट १० लाख लाख ३६ हजार रुपैयाँको मात्र आवेदन परेको एफपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार सर्वसाधारण र सञ्चालक तथा कर्मचारी सबै गरि कूल ९३ लाख ७५ हजार ७५० कित्ता सेयर मात्र बिक्री भएको छ । २३ हजार ६२४ आवेदनबाट सो परिमाणको आवेदन परेको हो । बिक्री भएको सेयर निष्काशन भएको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ताको ५३.०२ प्रतिशत मात्र हो ।

एफपिओको परेकाे आवेदनमध्ये सर्वसाधारणबाट ९३ लाख ७२ हजार ५० कित्ताका लागि २ अर्ब ६२ करोड ४१ लाख ७४ हजार रुपैयाँ र बैंकको सञ्चालकहरू मध्येबाट तीन हजार ७०० कित्ताको लागि १० लाख ३६ हजार रुपैयाँ  परेकाे हाे । सबै गरि कूल २ अर्ब ६२ करोड ५२ लाख २१ हजार रुपैयाँकाे एफपिअाे मात्र बिकेकाे छ ।

 

बिक्री प्रबन्धकले उपलब्ध गराएको तथ्याङ्क अनुसार कूल निष्काशनको ४६.९८ प्रतिशत एफपिओ बिक्री भएको छैन । २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २४० रुपैयाँ बराबरको ८३ लाख ९ हजार १०८ कित्ता सेयर अवितरित भएकाे हो ।

 

एफपिओमा कुन मर्चेन्ट बैंकलार्इ कति रकमकाे पर्याे भार  ?

धितोपत्र बोर्डको व्यवस्था बमोजिम एफपिओमा प्रत्याभुति गरेका ८ मर्चेन्ट बैंकले नै बिक्री नभएको सेयर सकार्नुपर्ने भएको छ । यस आधारमा प्रत्याभूति गरेको रकमलाई शतप्रतिशत मान्ने हो भने प्रत्याभूति रकमको ४६.९८ प्रतिशत सेयर मर्चेन्ट बैंकहरुले किन्नुपर्ने अवस्था आएको छ । 

नेपाल बैंकको ५३ प्रतिशत एफपिओ बिक्री नभएपश्चात मर्चेन्ट बैंकको न्यूनतम ११ करोड रुपैयाँदेखि ५४ करोड रुपैयाँसम्म लगानी फसेको छ । आफ्नो क्षमता र पूँजी श्रोत विचार नगरि सबै बिक्री हुने आशामा प्रत्याभूति गरेका मर्चेन्ट बैंकहरु ठूलो लगानी बढाउनुपर्ने भएपछि लगानीकर्ता खोजि गर्न थालेका छन् । नेपाल बैंकले निष्काशन गरेको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्तामध्ये ८३ लाख ९ हजार १०८ कित्ता बिक्री भएको छैन ।

बैंककाे एफपिअाे निष्काशनमा ८ मर्चेन्ट बैंकले निम्न अनुसार प्रत्याभूति गरेका थिए:-

 

नेपाल बैंकको एफपिओमा सबैभन्दा बढी सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै कूल निष्काशनको २३.३० प्रतिशत अर्थात ४१ लाख २० हजार ९० हजार कित्ता शेयरका लागि एक अर्ब १५ कराेड ३८ लाख रूपैयाँकाे प्रत्याभूति गरेको थियो । यसअनुसार उसले १९ लाख ३६ हजार बढी कित्ता बराबरको ५४ करोड २१ लाख रुपैयाँको एफपिओ सर्कानुपर्ने भएको छ ।

त्यसैगरि ग्लोबल आईएमई क्यापिटलले ४० लाख ५० हजार ३०० कित्ता सेयरका लागि एक अर्ब १३ करोड ४० लाख ८० हजार रुपैयाँको प्रत्याभूति गरेको थियो । यसअनुसार उसले १९ लाख तीन हजार कित्ता बराबरको ५३ करोड २८ लाख रुपैयाँको एफपिओ सकार्नेछ ।

एनआईबिएल एस क्यापिटलले ३२ लाख १३ हजार कित्ता सेयरका लागि ८९ करोड ९७ लाखको प्रत्याभूति गरेकोमा १५ लाख ९ हजार कित्ता सेयर बराबरको ४२ करोड २७ लाख रुपैयाँको प्रत्याभूति गर्नेुपर्ने भएको छ ।

सिभिल क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट्सले समान १६ लाख ७ हजार कित्ता सेयरका लागि ४५ कराेड रूपैयाँकाे प्रत्याभूति गरेका थिए । यसअनुसार दुबैले ७ लाख ५५ हजार कित्ता बराबरको २१ करोड १४ लाख रुपैयाँको एफपिओ सकार्नेछन् ।

सनराइज क्यापिटलले १२ लाख ८५ हजार ८०० कित्ताका लागि ३६ करोड रुपैयाँको प्रत्याभूति गरेकोमा ६ लाख ४ हजार कित्ता सेयर बराबरको १६ करोड ९१ लाख रुपैयाँको एफपिओ किन्नुपर्ने भएकाे छ ।

सानिमा क्यापिटलले ९ लाख ६४ हजार कित्ता सेयरको २७ करोडको प्रत्याभूति गरेकोमा चार लाख ५३ हजार कित्ता सेयर बराबरको १२ करोड ६८ लाख रुपैयाँको एफपिओ समानूपातिक रुपमा व्यहोर्नुपर्ने अवस्था आएको छ ।

नेपाल बैंकको एफपिओमा सबैभन्दा कम प्रत्याभूति गरेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले आठ लाख ३५ हजार कित्ता सेयरको लागि २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेको थियो । उसको एफपिओ प्रत्याभूति गरेको अनुपात अनुसार ३ लाख ९२ हजार कित्ता बराबरको १० करोड ९९ लाख रुपैयाँको एफपिओ सकार्नुपर्ने भाग लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।