सातामा एक अंक पनि बढेन नेप्से, दुई करोडले कारोबार बढ्दा माछापुच्छ्रे बैंककाे अधिक काराेबार

Aug 04, 2018 Merolagani

यस साता नेप्से परिसूचकमा ०.११ अंकको झिनो सुधार भएको छ । साताको पहिलो दिन ११९१.२ बिन्दुमा खुलेको नेप्से अन्तिम दिन बिहीबार ११९१.३१ अंकमा बन्द भएको हो । सूचक आइतबार ३.६२अंकले बढ्यो भने सोमबार ०.४४ र मंगलबार २.९१ अंकले घट्यो । बुधबार २.४० अंकले सकारात्मक रहेको नेप्से बिहीबार फेरि २.५६ अंकले ओरालो लागेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । १५ हजार ३१० कारोबारबाट ४० लाख ८४ हजार ५२० कित्ता सेयरहरु खरिद बिक्री भएका छ । 

अघिल्लो साता १७९ कम्पनीहरुको एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

१६ हजार ८८६ कारोबारबाट ३९ लाख ४५ हजार ७६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । अघिल्लो साताको तुलनामा यस सातामा कारोबार रकम १.९४ प्रतिशत अर्थात दुई करोड ४ लाख ५७ हजार रुपैयाँले  बढेकाे हो ।

यस साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा माछापुच्छ्रे बैंक अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै कारोबार भएको माछापुच्छ्रेको तीन लाख ३५ हजार कित्ता सेयर ६ करोड ८७ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरि एनएमबि बैंकको पाँच करोड ८० लाख ३० हजार, एनसीसी बैंकको चार करोड ८५ लाख ८० हजार, नेको इन्स्योरेन्सको संस्थापक सेयर चार करोड ४८ लाख ६० हजार रुपैयाँ र सानिमा माई हाइड्रोपावर कम्पनीको चार करोड १९ लाख ४० हजार रुपैयाँको सेयर खरिदबिक्री भएका छन् ।

त्यसैगरी कारोबार संख्याको आधारमा जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर धेरै पछक कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने सूचना प्रवाह गरेपछि कम्पनीको यस साता ७३१ वटा कारोबार भए ।

नियमित कारोबारका लागि पाँच दिन खुला रहेको नेप्सेको कारोबार कक्षमा यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।