सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्तको हकप्रद भर्ने आइतबार अन्तिम दिन

Aug 05, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) र आरएसडिसी लघुवित्तको हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशत र आरएसडिसीले चुक्ता पूँजीकाे ६० प्रतिशत हकप्रद सेयर असार १७ गतेदेखि बिक्रीमा ल्याएका थिए ।

सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि जेठ १ गते सेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार बैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेयरधनीले मेरो सेयर, बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको शाखा,गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र कामना सेवा विकास बैंक ज्ञानेश्वरबाट समेत आवेदन गर्ने व्यवस्था गरिएको छ ।

हाल ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रदपछि कम्पनीको ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीलाई १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।

कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ६५९ रुपैयाँमा नेप्सेमा कारोबार भएको थियो । 

आरएसडिसीको पनि आजै अन्तिम

आरएसडिसी लघुवित्त (RSDC) को हकप्रदमा आवेदन गर्ने पनि आईतबार नै अन्तिम दिन रहेको छ । लघुवित्तले ५ः३ अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यस अनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । सेयरधनीले एनआईबिल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयका साथै तोकिएको इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

राष्ट्र बैंकले थोक लघुवित्त कर्जा प्रवाह गर्ने कम्पनीलाई ६० करोड रुपैयाँको चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको छ । यसअनुसार दुई करोड ४१ लाख थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ५२४ रुपैयाँमा नेप्सेमा कारोबार भएको थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।