सिटी एक्सप्रेसको १६७% हकप्रद आइतबारसम्म कायम सेयरधनीले मात्र पाउने

Aug 05, 2018 Merolagani

सिटी एक्सप्रेस फाइनान्स (CEFL) ले भदौ १ गतेदेखि जारी गर्ने १६७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आईतबार अन्तिम दिन रहेको छ। फाइनान्सले साउन २१ गते साेमबार हकप्रद निष्काशनका लागि सेयरधनी किताब बन्द गर्ने भएकाले आइतबारसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

फाइनान्सले काठमाडौं क्यापिटल मार्केटको बिक्री प्रबन्धकत्वमा एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा २५ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न  कम्पनीले सेयरधनीलार्इ हकप्रदको भारी बोकाउन लागेको हाे ।

भदौ १ गतेदेखि निष्काशन खुला हुने हकप्रदमा सेयरधनीले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

२०७४ मंसिर २४ गतेदेखि समस्याग्रस्त संस्थाबाट मुक्त बनेको तत्कालीन कुबेर मर्चेन्ट एण्ड फाइनान्स सिटी समुहले फाइनान्सको बहुमत सेयर खरिद गरि पूर्नजागरण गरेपश्चात फाइनान्स नियमित सञ्चालनामा आएको थियो ।

फाइनान्सको धितोपत्र बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ११२ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।