समकक्षीहरुले बढाइरहँदा विजय लघुवित्तको किन घट्यो १७% ले खुद नाफा ?

Aug 05, 2018 Merolagani

विजय लघुवित्त (VLBS) ले आइतबार अघिल्लो बर्षभन्दा गत बर्षमा १६.९७ प्रतिशतले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । समकक्षी लघुवित्तहरूले आफ्नो खुद नाफा बढाइरहँदा पूँजी स्थिर रहँदा समेत विजय लघुवित्तकाे भने नाफा घटेपछि कारण जान्ने उत्सुकता लगानीकर्तामा जागेको छ । 

अघिल्लो बर्ष यसै अवधिमा तीन करोड १५ लाख खुद नाफा कमाएको लघुवित्तले गत असार मसान्तसम्ममा जम्मा दुई करोड ६१ लाख मात्र खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तको पूँजी १७ करोड ७१ लाख रुपैयाँ स्थिर रहँदा समेत लघुवित्तको खुद नाफा घट्नुलाई व्यवस्थापकिय कमजोरीको रुपमा लिन सकिन्छ । लघुवित्तले कम्पनीको खर्च शिर्षकहरुलाई नियन्त्रणमा राख्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसाबाट १४ रुपैयाँ ७८ पैसामा झरेको छ ।

एकातिर बैंकहरुसँग कर्जा सापटी लिएर ऋण प्रवाह गर्नुपर्ने अवस्थाका कारण लघुवित्तको निक्षेप लागत बढ्दा नाफा घट्न सहयोग पुगेकाे देखिन्छ । त्यसमाथि व्यवस्थापकिय कमजोरीका कारण कर्मचारी खर्च, अन्य सञ्चालन खर्चलाई नियन्त्रणमा राख्न नसक्दा कम्पनीको नाफा गत अार्थिक बर्षमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीले दुई करोड ५६ लाख रुपैयाँ जगेडका कोष बर्ढार चार करोड २५ लाख पुर्याएको छ । निक्षेप संकलन शतप्रतिशत बढाएको कम्पनीको सापटी रकम र कर्जा परिचालन समेत बढोत्तरी भएको छ ।

कम्पनीले ३० करोड ८३ लाख निक्षेप, एक अर्ब पाँच करोड साटी लिएर एक अर्ब ४८ करोड कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ९ करोड ९६ लाख खुद ब्याज आम्दानी गरेको छ । अत्याधिक बढेको ब्याज खर्चको बाबजुत कम्पनीले २६.५९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ ।

खराब कर्जा अनुपात १.३१ प्रतिशतबाट १.६८ प्रतिशतमा बढ्दा कर्जा नोक्सानी व्यवस्था ९६ लाखबाट एक करोड ५९ लाखमा बढ्न पुगेको छ । अघिल्लो बर्ष ३ करोड ५७ लाख कर्मचारी खर्च गरेको कम्पनीले पाँच करोड ९४ लाख तथा दुई करोड ३७ लाखको अन्य सञ्चालन खर्च तीन करोड २१ लाखमा बढेको छ । लघुवित्तको नाफा घटाउने प्रमुख रुपमा यी तीनवटा कारण प्रमुख देखिएका छन् ।

लघुवित्तको निक्षेप लागत १०.८२, पूँजी कोष अनुुपात १४.९९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ५१.७६ गुणा बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।