बजारले गति नलिँदा शेयर कारोबार सुस्त, पर्ख र हेर कै अवस्थामा लगानीकर्ता

Aug 05, 2018 Merolagani

शेयर बजार घट्ने क्रमले निरन्तरता पाउँदा शेयर कारोबारमा समेत सुस्तता आउन थालेको छ । दैनिक मुस्किलले २० करोडको हाराहारीमा शेयर किनबेच भईरहेको बजारमा साताको पहिलो दिन आइतबार करिब १७ करोडको मात्र कारोबार भयो ।

बैंक तथा वित्तीय संस्थाहरुले गत बर्षको प्रगति विवरण सार्वजनिक गर्दै गर्दा बजारमा कुनै रौनक नदेखिनुले कम्पनीहरुको वित्तीय विवरणले बजारमा सकारात्मक प्रभाव पार्न सकेको देखिँदैन ।

एनएफआरएस प्रणाली मार्फत सार्वजनिक भएका वाणिज्य बैंकका वित्तीय विवरणहरुले पनि सामान्य लगानीकर्तालाई झनै अलमल्याएको छ ।

बजारको घट्दो गतिमा अधिकांश कम्पनीहरुको शेयरमूल्य सस्तिए पनि ठूला र संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्ने आँट गरेका छैनन् । जसले गर्दा कारोबार रकम बढ्न सकेको छैन ।

बजार खुलेको ढेड घण्टासम्म सकारात्मक रहेको आइतबारको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १.४३ अंकले घटेर ११८९.८८ अंकमा बन्द भएको छ । यसदिन १६० कम्पनीको ५ लाख ९७ हजार कित्ता शेयर १६ करोड ७० लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

कारोबारमा आएका दश उप-समूहमध्यै पाँच समुहको सूचक घटेको छ भने पाँच समूहको बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ११.१७ अंकले बढ्दा होटल, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको सूचक सामान्य बढेको छ । यता, निर्जीवन बीमा समूहको सूचक ३० अंकले घटेको छ । उत्पादन समूहको २० अंकले घट्दा वाणिज्य बैंक, जलविद्युत र वित्त समूहको सूचक नकारात्मक रहे । 

आइतबारको बजारमा सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर ८० लाख रुपैयाँ बराबरको किनबेच भयो । यसदिन कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन । महुली लघुवित्त र एभरेष्ट बैंकको कारोबार रकम पनि ७५ लाख नाघ्यो । शेयर कित्ताका हिसाबले पनि सानिमा हाइड्रो अग्रस्थानमा रह्यो । जसको २५ हजार ७८४ कित्ता शेयर किनबेच भयो ।

यसदिन सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य झण्डै दश प्रतिशतले बढ्यो । आरएमडिसी लघुवित्त र महालक्ष्मी विकास बैंकका लगानीकर्ता पनि धेरै कमाउनेमा परे । सबैभन्दा धेरै गुमाउने आइएमई इन्स्योरेन्स र प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले पाँच प्रतिशत बढीले गुमाए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।